नारायणगढ–मुग्लिन सडकमा शनिबार रातिदेखि सवारी साधन आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनले शनिबार राति सूचना प्रकाशित गरी सवारीसाधन आवागमनमा रोक लगाएको जनाएको छ। शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय जारी गरेको सूचनामा भनिएको छ, ‘रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलार्य मध्यनजर गरी आज राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको बेहोरो सबैमा जानकारी गराइन्छ।’
धादिङलगायतका केही जिल्ला र चितवनका विभिन्न स्थानमा शनिबार साँझदेखि लगातार पानी परिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अझै पानी पर्ने क्रम बढ्ने अनुमान भएकाले सवारीसाधन आवागमनमा रोक लगाउनु परेको सूचनामा उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागले पनि आज र भोलि केही जिल्लामा अत्यधिक वर्षा हुने प्रक्षेपण गरेको छ। जसले गर्दा बाढीपहिरो, भूक्षयको जोखिम रहेको जनाइएको छ।
त्यसैलाई मध्यनजर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालय ‘ट्राभल अलर्ट’ जारी गरेका छन्। कतिपय जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाएका छन्। कतिपयले सतकर्ता अपनाउन आगह्र गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, चितवनले कुनै समस्या आइपरेमा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४, जिलला अपातकालीन केन्द्रको १२३४ र जिल्ला प्रशासन कार्यालयको ९८५५०१३९९९ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।
- स्थानीय प्रशासनको ‘ट्राभल अलर्ट’: कृपया अत्यावश्यक नपरी यात्रामा ननिस्किनु होला
- धनकुटामा रात्रिकालीन सवारी सञ्चालनमा रोक
- शनिबार र आइतबार टाढाको र रातिको समय यात्रा नगर्नू: विपद् व्यवस्थापन प्राधिकरण
Shares

प्रतिक्रिया