समाज


कोसीमा बाढीको कहरः खोटाङमा २ जनाको मृत्यु, धेरै सडक अवरुद्ध

कोसीमा बाढीको कहरः खोटाङमा २ जनाको मृत्यु, धेरै सडक अवरुद्ध

मेची राजमार्ग


नेपालखबर
साउन ३, २०८३ आइतबार १५:३३, काठमाडौँ

भारी वर्षापछि आएको बाढीमा परी खोटाङ जिल्लामा दुई जनाको मृत्यु भएको छ। दिक्तेल मझुवाढी नगरपालिका–३ नेर्पाकी अन्दाजी ४३ वर्षीया शान्दा राई र केपिलासगढी–४, बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको हो।

छाँगे खोला तर्न खोज्दा शान्दालाई बगाएको थियो। खोटाङकी प्रमुख जिल्ला अधिकारी (सीडीओ)  रेखा कँडेलका अनुसार आफन्तको घर पुगेर फर्किने क्रममा उनलाई खोलाले बगाएको हो।

ढिलोसम्म घर नफर्किएपछि स्थानीयले खोजी गर्दा छाँगे खोलामा उनको शव भेटिएको थियो।

सीडीओ अधिकारीका अनुसार गाइखुरे खोल्सीले बगाउँदा केपिलासगढी–४, बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको हो। उनलाई खोल्सीले बगाएर १०० मिटर तल पुर्‍याएको थियो। पछि परिवार र स्थानीयले मृत अवस्थामा भेटेका हुन्। उनका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत चखेवा–दिक्तेल–जयरामघाट सडक र जिल्लाका अरु सहायक सडकहरुमा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ।

निरन्तरको भारी वर्षापछि पूर्वी पहाडी क्षेत्रका धेरै सडक अवरुद्ध भएका छन्।

इलामको राजदुवालीमा पहिरो खसेपछि मेची राजमार्ग ठप्प भएको छ। इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, धनकुटाका कतिपय मुख्य र सहायक सडक अवरुद्ध बनेका छन्। जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार भेडेटार–रवि–राँके सडक खण्डमा सवारी साधन ठप्प पारिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad