वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन सडकमा दुर्घटना र सवारीजाम बढेको भन्दै चितवन जिल्ला प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मुग्लिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताए। उनका अनुसार ओभरटेक नै सडक दुर्घटना र सवारीजामको प्रमुख कारण हो।
ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै लामो सवारीजाम हुने, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई बाटो बनाउन कठिन हुने र घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको बताए। बिहानको दुर्घटनामा सवारीजामका कारण उद्धार कार्य ढिलो भएको थियो।
बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडक र चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो।
बिहान ५:३० बजे सडक खुलेपछि चालकले हतारमा ओभरटेक गर्दा दुर्घटना र सवारीजाम भएको प्रशासनको भनाइ छ।
चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल गणेश अर्यालले सुरक्षित र सहज यातायात सञ्चालनका लागि प्रशासन सँगै चालक र यात्रुको आवश्यक रहेको बताए। 'ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध कानुनबमोजिम कडा कारबाही हुन्छ,' उनले भने, 'सबैलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्छ।'
Shares

प्रतिक्रिया