समाज


चन्द्रागिरिमा ठूलो परिमाणको लागुऔषधसहित दुई जना पक्राउ

चन्द्रागिरिमा ठूलो परिमाणको लागुऔषधसहित दुई जना पक्राउ

नेपालखबर
साउन ३, २०८३ आइतबार १५:५२, काठमाडौँ

काठमाडौँ चन्द्रागिरिबाट आइतबार ठूलो परिमाणको लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

चन्द्रागिरी नगरपालिका-१५, ढुंगेअड्डाबाट सशस्त्र प्रहरी बलले लागुऔषधसहित कीर्तिपुर नगरपालिका–९, पाँगादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुर गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका-४, नैकाप बस्ने २४ वर्षीया सुमित्रा राईलाई पक्राउ गरेको हो। 

देउलाले लागुऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचना आधारमा सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो टोलीले ५० वटा बक्समा रहेका १५ हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको सशस्त्र प्रहरी सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। साथै देउलाले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिइएको छ।

डीएसपी थापाका अनुसार देउलाको कोठाबाट डाइजापम तथा फेरेनागन ट्याब्लेट १ हजार १ सय ८८ वटा, ट्रामाडोल ३ हजार ७ सय ७० वटा र पोलेन १ सय ५० वटासहित सुमित्रा राईलाई पनि नियन्त्रणमा नियन्त्रणमा लिइएको हो ।

देउलाको कोठाबाट १ लाख ३९ हजार १ सय ६५ रुपैयाँ तथा ३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिइएको छ। 

नियन्त्रणमा लिइएका दुवैजनालाई बरामद लागुऔषध, नगद, स्कुटर र मोबाइलसहित कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको डीएसपी थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad