उत्तर कोरियाका विदेशमन्त्री चोई सोन हुईले शनिबार रुस पुगेकी छन्।
चोईले आफ्ना रुसी समकक्षी सर्गेइ लाभरोभसँग वार्ता गर्ने कार्यक्रम रहेको रुसको विदेश मन्त्रालयले जनाएको छ।
उत्तर कोरियाली नेता चोई सोन हुई रुसका मन्त्री लाभरोभको निमन्त्रणामा ‘जुलाई १८ मा रुसी संघको औपचारिक भ्रमणका लागि’ पुगेकी हुन्।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि प्योङयाङ र मस्कोबिच सम्बन्ध थप मजबुत बन्दै गएको छ।
सन् २०२४ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्योङयाङ भ्रमण गर्दा दुई देशबिच रक्षा सम्झौतामा हस्ताक्षर भएको थियो।
उत्तर कोरियाले युक्रेनमा रुसलाई सहयोग गर्न मिसाइल, गोलीगठ्ठा र हजारौँ सैनिक पठाएको छ।
विश्लेषकहरूका अनुसार मस्कोले कूटनीतिक रूपमा अलगथलग रहेको देशलाई आर्थिक सहायता, सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा उपलब्ध गराइरहेको छ।
अप्रिलमा उत्तर कोरियाली नेता किम जोङ उनले रुसलाई युद्ध जित्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
रुसका रक्षामन्त्री आन्द्रेई बेलौसोभ र अन्य उच्च पदाधिकारी अप्रिलमा प्योङयाङ गएका थिए। त्यस क्रममा सैन्य सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको थियो।
बेलौसोभले मस्कोले सन् २०२७ देखि सन् २०३१ को अवधिका लागि सहकार्य योजना विस्तार गर्न तयार रहेको बताएका थिए।
Shares

प्रतिक्रिया