समाज


मधेस सहिद प्रतिष्ठानका सदस्य मृत फेला

मधेस सहिद प्रतिष्ठानका सदस्य मृत फेला

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १६:२६, जनकपुरधाम

मधेस सहिद प्रतिष्ठानका सदस्य रामनरेश राय (यादव) आज जनकपुरधाममा मृत भेटिएका छन् ।  

सर्लाहीको मलङ्गवा नगरपालिकाको गम्भरिया घर भएका ३७ वर्षीय यादव जनकपुरधामस्थित मधेस प्रदेश भवनभित्र मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए। 

‍ओछ्याननजिक यादवले वान्ता गरेको पाइएको र उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad