उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सारसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले विधि निर्माणको प्रक्रिया सुस्त भयो भन्ने जनगुनासो आएको भन्दै समितिमा विचाराधीन रहेका विधेयकलाई छिटो टुंगो लगाइ सभासमक्ष पेस गर्न आग्रह गरे।
भन्सारसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय आवश्यकता महसुस गरेर ल्याएको र धितोपत्रसँग सम्बन्धित लगायतका केही विधेयकहरु पनि चैत्र मसान्तसम्म समितिबाट सभामा पेस गर्नेगरी छलफलअघि बढाउन आग्रह गरे।
60
Shares

प्रतिक्रिया