ad ad

समाज


सर्लाहीमा पतिको हत्या अभियोगमा पत्नी र छोरी पक्राउ

सर्लाहीमा पतिको हत्या अभियोगमा पत्नी र छोरी पक्राउ

नेपालखबर
साउन ३, २०८१ बिहिबार १२:४२, सर्लाही

सर्लाहीमा एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

ईश्वरपुर नगरपालिका-१३ आलेटोल निवासी ५९ वर्षीया जंगलबहादुर बलको हत्या अभियोगमा प्रहरीले उनकी श्रीमती र छोरीलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा मृतककी पत्नी ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितललामा छन्। उनीहरुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवादमा उनीहरूले कुटपिट गर्दा जंगलबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

हत्याको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गौरीशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुवैलाई घरबाटै पक्राउ गरेको हो। जंगबहादुरलाई प्रहरीले आफ्नै घरको कोठामा मृत अवस्थामा फेला पारेको थियो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .