ad ad

राजनीति


साउन १५ गतेसम्मको क्यालेन्डर तयार : ६ दिन संसद् बैठक, ३ दिन संसदीय समिति

सभामुखले गरे प्रमुख सचेतकहरूसँग छलफल
साउन १५ गतेसम्मको क्यालेन्डर तयार : ६ दिन संसद् बैठक, ३ दिन संसदीय समिति

नेपालखबर
साउन ३, २०८१ बिहिबार १२:४७, काठमाडौँ

सभामुख देवराज घिमिरेले आगामी संसद् बैठकको कार्यतालिका र कार्यसूचीबारे दलका प्रमुख सचेतकसँग छलफल गरेका छन्। 

बिहीबार बिहान सभामुखको कार्यकक्ष, सिंहदरबारमा बसेको बैठकमा १५ गतेसम्म कुन दिन संसद् बैठक र कुन दिन संसदीय समितिका बैठकहरू बस्ने र कार्यसूची के रहने भन्नेबारे सभामुख घिमिरेले छलफल गरेका हुन्। 

छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले साउन १५ गतेसम्म ६ वटा संसद् बैठक बस्ने क्यालेन्डर तय भएको जानकारी दिए। 

त्यस्तै, आगामी साउन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतबारे पनि छलफल भएको उनले बताए। 

‘६ गते प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने सूचना संसद् सचिवालयमा पुगेको छ। त्यसबारे पनि छलफल भएको छ, प्रत्येक १५ दिनको क्यालेन्डर अनुसार हाउस सञ्चालन गर्ने गर्दै आएका छौँ। १५ दिनसम्मको बैठक कुन कुन दिन गर्ने, समितिमा रहेका विधेयकलाई काम गर्न कुन समय उपलब्ध गराउने भन्नेबारे छलफल भयो,’ बर्तौलाले भने। 

उनका अनुसार, साउन ६, ७ र ८ गते नियमित संसद् बैठक बस्नेछ। त्यसपछि साउन ९, १० र ११ गते संसदीय समितिका बैठकहरू राख्नेगरी क्यालेन्डर तय भएको छ। 

साउन १२ गते शनिबार पर्छ। १३, १४ र १५ गते पुनः लगातार संसद् बैठक बस्नेछ। 

बैठकका कार्यसूचीबारे भोलि (शुक्रबार) दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर निर्णय लिइने बर्तौलाले जानकारी दिए। 

विचाराधिन विधेयकलाई छलफल गराएर संसद्‌मा ल्याउन सहजीकरण गर्नेबारे पनि सभामुख घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .