समाज


गुल्मीमा २५ वर्षीया युवतीले आफ्नै शरीरमा आगो लगाएको आशंका

युवतीको मृत्यु, प्रहरी अनुसन्धानमा
गुल्मीमा २५ वर्षीया युवतीले आफ्नै शरीरमा आगो लगाएको आशंका

नेपालखबर
साउन ११, २०८२ आइतबार १०:२८, काठमाडौँ

गुल्मीमा आगलागीमा परेर एक युवतीको मृत्यु भएको छ।

धुर्कोट गाउँपालिका-५ बस्तु अमराई निवासी २५ वर्षीया जुना बिकको आज बिहान आगोले जलेर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुले दिएको जानकारी अनुसार परिवारका सदस्यले उनको मानसिक अवस्था कमजोर रहेको बताएका छन्।

उनले आफैँले शरीरमा घरमा आगो लगाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। आगलागीबाट घरमा पनि क्षति पुगेको छ। झण्डै तीन लाखभन्दा बढीको क्षति भएको अनुमान प्रहरीले गरेको छ। 

‘उनले आफैँले आगो लगाएकी हुन् कि अन्य ढंगले भएको आगलागीमा उनको मृत्यु भएको हो, हामी अनुसन्धानमै छौँ,’ डीएसपी सारुले नेपालखबरसँग भने, ‘शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।’

स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad