समाज


सिन्धुपाल्चोकसहित २७ जिल्लामा आज बाढीको ‘मध्यम’ जोखिम

सिन्धुपाल्चोकसहित २७ जिल्लामा आज बाढीको ‘मध्यम’ जोखिम

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०८२ आइतबार १०:२४, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ११, आइतबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। 

बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। 

जिल्लाका हिसाबले चाहिँ आज दोलखा, सिन्धुपाल्चोक, डोटी, अछाम, कालिकोट, दैलेख र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ। 

साथै आज रामेछाप, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, कास्की, लमजुङ, पर्वत, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, बझाङ, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

महाशाखाले उल्लिखित २७ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad