समाज


ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा पाँच वर्षीया बालिकासहित दुई जनाको मृत्यु

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा पाँच वर्षीया बालिकासहित दुई जनाको मृत्यु

नेपालखबर
असार ५, २०८३ शुक्रबार १३:३९, विराटनगर

झापाको कनकाई नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार दिउँसो झापाको ​कनकाई नगरपालिका–५, तुलसीबारीस्थित भित्री सडक खण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकतर्फ निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्र्याक्टर एक–आपसमा ठोक्किएका हुन्। 

​दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका–३ का समिर अली र मोटरसाइकलको पछाडि सवार उनकी पाँच वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको छ। 

दुर्घटनालगत्तै तीनै जना घाइतेलाई उपचारका लागि सुरुङ्गास्थित कन्काई अस्पताल पु¥याइएको थियो। चिकित्सकले समिर र हाजिरालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

​दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार समिरकी आमा नुरेश सादेवी गम्भीर घाइते भएकी छन्। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको छ।

​प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल, ट्र्याक्टर र ट्र्याक्टर चालक कनकाई नगरपालिका–५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad