धनकुटाको चौबिसे गाउँपालिकास्थित तमोर करिडोर सडक खण्डमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सोमबार कुखुराको चल्ला बोक्ने गाडी दुर्घटना भएको हो। इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्र १-०१-००१ ज ३९४९ नम्बरको विंगर चौबिसे गाउँपालिका-४ भिजिटारमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडीमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका-६ की ४० वर्षीया सवित्रा ढुङ्गेलको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनापछि गाडीले च्यापिएकी ढुङ्गेलको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परेर पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ का २८ वर्षीय चालक तेजकुमार चेम्जोङ र ताप्लेजुङको फुङलिङ नगरपालिका-८ का २२ वर्षीय दिपेन रसाइली घाइते भएका छन्। दुवै जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
गाडीमा दुई हजार पाँच सय कुखुराका चल्ला रहेका थिए। केही चल्ला पनि परेका छन्।
Shares

प्रतिक्रिया