समाज


पदाधिकारी नियुक्तिमा उपकुलपतिहरू स्वतन्त्र छन्, सरकारले हस्तक्षेप गर्दैन: शिक्षामन्त्री

पदाधिकारी नियुक्तिमा उपकुलपतिहरू स्वतन्त्र छन्, सरकारले हस्तक्षेप गर्दैन: शिक्षामन्त्री

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १७:४३, काठमाडौँ

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न उपकुलपतिहरू स्वतन्त्र रहेको बताएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै शिक्षामन्त्री पोखरेलले रजिस्ट्रार, रेक्टर र डिनलगायत पदाधिकारी नियुक्तिमा उपकुलपतिहरूले स्वतन्त्ररूपमा निर्णय गर्न सक्ने जनाएका हुन्।

शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा सरकारी हस्तक्षेप नरहने भन्दै नवनियुक्त उपकुलपतिहरूलाई आफ्नो टिम आफैँ बनाउन निर्देशन दिइएको बताए।

उनले उपकुलपतिहरूलाई सरकारको भिजनअनुसार अघि बढ्न निर्देशन दिएको तर सरकारले कुनै हस्तक्षेप नगर्ने जनाए।

‘विश्वविद्यालय स्वायत्त हुनुपर्छ भन्नेमा प्रतिबद्ध छौँ। उपकुलपतिलाई आफ्नो टिम आफैँ बनाउनु भनेका छौँ। रजिस्ट्रार, रेक्टर, डिनलगायत नियुक्तिमा सरकारले हस्तक्षेप गर्दैन,’  उनले भने। 

सरकारले हाल ८ वटा विश्वविद्यालयको उपकुलपति नियुक्त गरेको छ।

यसअघि रजिस्ट्रार, रेक्टरहरू कुलपतिका रूपमा प्रधानमन्त्रीले नियुक्त गर्ने गर्थे। तर अब भने उपलकुलपतिहरूले नै यी पदहरूमा नियुक्त गर्न सक्ने गरी जिम्मेवारी दिइएको शिक्षामन्त्री पोखरेलेले जानकारी दिए।

यस्लेतै उनले मेरिटका आधारमा पहिलो पटक उपकुलपति नियुक्त भएको दाबी गरे। 

‘पहिलो पटक निकै पारदर्शीरूपमा उपकुलपति नियुक्त गरेका छौँ। उपकुलपतिमा आवेदन परेदेखि नै सबैको नाम सार्वजनिक गर्‍यौँ। सर्टलिस्टमा पर्नुभएकाहरूको नाम पनि सार्वजनिक गर्‍यौँ,’ उनले भने, ‘उपकुलपति हुनु भएको छ भन्दै मन्त्रालय बोलाउँदा पनि उहाँहरू अच्चममा पर्नुभएको थियो।’

उनले उपकुलपतिहरूलाई प्रक्रियाबाट राजनीतिक भागबन्डाबिनै आफ्नो टिम निर्माण गर्न आग्रह गरेका कारण रजिस्ट्रार नियुक्तिमा केही ढिलाइ भएको बताए। ‘हामीले गर्ने भएको भए गरिसक्थ्यौँ,’ उनले पत्रकारहरूसँग भने, ‘४ वर्षमा विश्वविद्यालयलाई कहाँ पुर्‍याउने भनेर उपकुलपतिहरूलाई भिजन दिएका छौँ। त्यसैअनुसार काम गर्न भनिएको छ।’

शिक्षामन्त्री पोखरेलले अहिलेसम्म सरकारबाट केन्द्रीयरूपमा विश्वविद्यालय चल्दै  आए पनि अब स्वायत्त भएको र आफ्ना निर्णय आफैँले गर्न सक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad