समाज


चुमनुब्रीबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार

चुमनुब्रीबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १७:४३, काठमाडौँ

गोरखाको चुमनुब्री गाउँपालिका-४, प्रोक छाकगाउँकी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी गरिएको छ। 

लामाको गर्भावस्थाको २८औँ हप्तामै शिशु जन्मिएपछि स्वास्थ्य समस्या आएको थियो। दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेकाले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनको हवाई उद्धार गरिएको हो।

मन्त्रालयको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरिएकी लामालाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको छ।

दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको जीवनरक्षा तथा सुरक्षित मातृत्व सुनिश्चित गर्न मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad