समाज


आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा घाइते युवकको ३ दिनपछि मृत्यु

आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा घाइते युवकको ३ दिनपछि मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर १, २०८२ सोमबार ९:१५, झापा

झापामा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको मृत्यु भएको छ। 

गएको कात्तिक २९ गते बुद्धशान्ति गाउँपालिका- ४ मा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका सोही ठाउँमा २९ वर्षीय अभिषेक नेवारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

उनी सवार मे.१० प १९०४ नम्बरको मोटरसाइकल बुद्धशान्ति गाउँपालिका- ४ स्थित भित्री सडक खण्डमा आफैँ आनियन्त्रीत भई दुर्घटना भएको थियाे।  

दुर्घटनामा गम्भीर घाइते भएका नेवारलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। 

तर, उपचार सफल नहुने देखेपछि आफन्तले हिजो उनलाई अस्पतालबाट घर लगेका थिए। उनको सोमबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीका इन्सपेक्टर नकुलराज गौतमले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad