समाज


झापामा मध्यराति गाउँ प्रवेश गरेका ३ वटा जंगली हात्तीले ५ घर भत्काए

झापामा मध्यराति गाउँ प्रवेश गरेका ३ वटा जंगली हात्तीले ५ घर भत्काए

फाइल तस्बिर


नेपालखबर
साउन २७, २०८२ मंगलबार ७:४४, झापा

झापामा गएराति जंगली हात्तीले पाँचवटा घर भत्काएका छन्।

गएराति साढे १२ बजे हल्दिबारी गाउँपालिका ३ बाघडाँडा गाउँमा आएका तीनवटा जंगली हात्तीले तीनवटा घरमा क्षति गरेको प्रहरीले जनाएको छ। 

ती हात्तीले स्थानीय निमाई बाँनियाको टिनको छाना तथा टिनको घेराबेरा भएको घर र खरको छाना र टिनको घेराबेरा भएको भान्साघर भत्काएका छन्। 

त्यसैगरि सोही ठाउँका हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटीबेरा भएको भान्सा घर पनि हात्तीले भत्काएको छ। 

त्यसैगरि हल्दिबारी गाउँपालिका २ भेलागुडी सिमसारमा मा पनि जंगली हात्तीले खेम गौतम र नरेश खड्काको टिनको छाना र बासको टाटिबेरा भएको घर भत्काएको छ। 

हात्तीले घरहरु भत्काउँदा झण्डै डेढ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

बिहानीपख ती हात्ती नेपाल प्रहरी र स्थानीयको सहयोगमा जंगल तर्फ पठाइएको पनि प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad