समाज


नदीमा डुबेर १४ वर्षीय किशाेर बेपत्ता

नदीमा डुबेर १४ वर्षीय किशाेर बेपत्ता

नेपालखबर
साउन २७, २०८२ मंगलबार ७:४६, सिराहा

सिराहाकाे सखुवानन्कारकट्टी गाउँपालिका-३ स्थित परीयारपुरका शिवकुमार यादवका छोरा १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन्। 

सोमबार बिहान नुहाउने क्रममा उनी नदीमा डुबेका प्रहरीले जनाएको छ।

बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहित खोजतलासमा तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ७ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए। 

बलान नदीको पानी धमिलो हुनुका साथै बगेर आउने बालुवाको थुप्रोले खोजीमा कठिनाइ उनले बताए।

नदीको बहाव, पानीको गहिराइ र जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले प्रदेश कार्यालय बर्दिबासमार्फत गोताखोर टोलीको माग गरेको थियो। गाेताखाेर टोली मंगलबार बिहान मात्र घटनास्थलमा पुग्ने बताइएकाे छ। 

नदीले बालकलाई बगाएर भारतीय सीमा पार गराएको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय सुरक्षाकर्मीसँग समन्वय गरिरहेको भण्डारीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad