झापामा हावा हुण्डरीले घर भत्किँदा एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घटनामा हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो।
गएराति हुरीले टिनको छाना भएको घर भत्किँदा त्यसको बिमले थिचेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
150
Shares

प्रतिक्रिया