समाज


सतुंगलको कपडा गोदाममा भीषण आगलागी (तस्बिर)

आगलागी नियन्त्रणमा ६ वटा दमकल र ९ वटा पानी ट्यांकर परिचालन
सतुंगलको कपडा गोदाममा भीषण आगलागी (तस्बिर)

नेपालखबर
जेठ १, २०८२ बिहिबार ८:१३, काठमाडौँ

काठमाडौँको सतुंगलमा चारतले घरमा रहेकाे कपडा गोदाममा आज बिहान भीषण आगलागी भएको छ। 

चन्द्रागिरि नगरपालिका- ११ सतुंगलमा रहेको कपडा गोदाममा बिहीबार बिहान एक्कासी आगलागी भएको प्रहरी प्रभाग बलम्बुले जनाएको छ।

६ वटा दमकल र ९ वटा पानी ट्यांकरको सहायतामा केहीबेर अघि आगलागी नियन्त्रणमा आएकाे छ। 

बिहीबार बिहान सवा पाँच बजेबाट आगलागी सुरु भएको हो। 

चारतले आरआर कम्पलेक्सको भूइँतलामा रहेको कपडाको गोदाममा अचानक आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीकाे कारण खुलेकाे छैन।

आगलागीको खबर प्राप्त पश्चात हुँनासाथ जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारी, प्रहरी बृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना प्रहरी घटनास्थलमा पुगेका थिए। 

त्यसैगरि प्रहरी प्रभाग बलम्बुबाट प्रहरी निरीक्षकको कमाण्डमा १२ जना, मातातीर्थबाट ४ जना प्रहरी र ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाली सेना पनि आगलागी नियन्त्रणमा परिचालन भएका छन्। 

आगलागी नियन्त्रणमा चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औधौगिक क्षेत्रको दमकल, ललितपुर महानगरको दकमल, नेपाली सेनाको दमकल, काठमाडौँ महानगर पालिकाका २ वटा दमकल गरी जम्मा ६ वटा दमकल परिचालन गरिएको छ।

त्यसैगरि स्थानिय पानी ट्रयाङ्कर नौवटा पनि आगलागी नियन्त्रमा परिचालित छन्। केही बेरअघिबाट आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। 

हेराैँ थप तस्बिर


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad