मोरङ जिल्लाबाट उच्छृंखल गतिविधि गरेको आरोपमा ६६ जना व्यक्ति पक्राउ परेका छन्। होलीको अवसरमा ट्राफिक नियमनको उल्लंघन गर्ने र सवारी चलाउँदा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
तीव्र गतिमा सवारी चलाएको, कागजात नभएका २५६ सवारी साधनलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
उनीहरूलाई साँझ जरिवाना गरेर छाड्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए।
99
Shares

प्रतिक्रिया