सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोसी सडकअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड पुनःसञ्चालनमा आएको छ।
भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी-किमाथाङ्का सडकमा एक दिनपछि गाडी गुड्न थालेका उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले जानकारी दिए।
शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो।
सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनःसञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए।
त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ। रासस
Shares

प्रतिक्रिया