रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक भएको छ। पञ्चैबाजाको तालमा रहेको यो गीतलाई सीता परियार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
करन चौसिर छाँयाकार रहेको यो गीतको भिडियोको छाँयाङ्कन तनहुँ भानुचोकका विभिन्न स्थानमा गरिएको छ। भिडियोको सम्पादन अमृत चापागाईंले र शृङ्गार कविता तोलाङ्गीले गरेका हुन्।
पूर्ण परियारको निर्माण, रेशम निर्दोषको निर्देशन रहेको म्युजिक भिडियोमा रेशम निर्दोष, जुना गुरुङ, पूर्ण परियार र सीता परियारको अभिनय छ। बागलुङ्गे कोइलीका उपनामले परिचित सीता परियारका प्रत्यक्ष दोहोरी र अन्य गीतलाई दर्शक र स्रोताले मन पराएका छन्।
नेपाली गीतसङ्गीतको विभिन्न विधामध्ये पञ्चैबाजा, नौमती बाजा पनि एक हो। विशेषगरी विवाहलगायतका शुभकार्यमा गुञ्जिने यो गीत पछिल्लो समय भोज, पार्टी र उत्सव तथा महोत्सवमा पनि बजाउने चलन छ।
120
Shares

प्रतिक्रिया