रत्न राजमार्गअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ भाङ्घारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०६२३ नम्बरको हाइस र विपरित दिशाबाट आउदै गरेको भे ६ प ३३२१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनमा गम्भीर घाइते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीका ४३ वर्षीय पदमबहादुर बीसीलाई अस्पताल लगिएको थियो।
उनको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटना लगत्तै गाडी चालक भागेको प्रहरीले जनाएको छ।
600
Shares

प्रतिक्रिया