वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख ठगी गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको आरोपमा शनिबार पक्राउ गरिएको हो।
आरोपी पन्तले एक जना बेरोजगार युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै १६ लाख र खत्रीले दुबई पठाउने बहानामा ६ जनाबाट २३ लाख रूपैयाँ असुलेका थिए।
दुवै आरोपीलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
30
Shares

प्रतिक्रिया