समाज


कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

नेपालखबर
साउन १, २०८२ बिहिबार १०:१६, कर्णाली

कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा आज  प्रदेशभर सार्वजनिक बिदा दिएको छ। हरेक वर्ष साउन १ गते कर्णालीमा याे पर्व मनाउने प्रचलन छ।

२०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

अघिल्ला वर्षामा पनि कर्णालीमा साउन १ गते सार्वजनिक बिदा दिने गरिएको थियो। कर्णाली प्रदेशको माथिल्लो भेगमा साउने सङ्क्रान्ति र देउडा दुवै विशेष रुपमा मनाउने गरिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad