समाज


३ महिने शिशु लिएर भाग्दै गरेकी २० वर्षीया युवती पक्राउ, बालिका सकुशल

३ महिने शिशु लिएर भाग्दै गरेकी २० वर्षीया युवती पक्राउ, बालिका सकुशल

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १२:४८, काठमाडौँ

दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया भेटिएकी छिन्। 

शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ को लामिडाँडा जंगलबाट अन्दाजी २० वर्षीया युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

शुक्रबार बिहान ९ बजेतिर छिमेकी चामुण्डा बिन्द्रासैनी नगरपालिकाको लामिडाँडाबाट एक युवती बच्चा लिएर भाग्दै गरेको जानकारी स्थानीयले प्रहरीलाई गराएका थिए। त्यस लगत्तै पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

जंगलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 

प्रहरीका अनुसार पक्राउ परेकी महिला साेही गाउँपालिकामा पर्ने सिरवलकी शर्मिला विष्ट हुन्। बच्चाको अवस्था सामान्य रहको र युवतीले उक्त शिशु घरबाट आफूले नल्याएको दावी गरेकी छन्। 

गएराति ९ बजेतिर घरका सबै सुतेपछि घर पछाडि राखिएको खरमा आगो लगाएर षड्यन्त्रपूर्ण रुपमा बालिकाको अपहरण गरिएको अभिभावकको भनाई छ। 

खरमा आगो लागेको विषय बमबहादुरको परिवारलाई माथिल्लो घरबाट खबर भएकाे थियाे। त्यसपछि बमबहादुरका श्रीमान–श्रीमती छोराछोरीलाई सुतिरहेकै ठाउँमा छाडेर आगो निभाउन गएपछि अपहरणकारीले बालिकालाई लिएर गएका पाइएको छ। 

‘आगो निभएर उनीहरु घरमा आउँदा ओछ्यानमा छोरी थिइनन्,’ बमबहादुरका दाजु दिपकले भने, ‘खोजीकार्य गर्दा कतै भेटिएन। पराल र खरमा आगो लगाएर हामीलाई उता भुल्याएर कोही व्यक्तिले बालिका अपहरण गरेको शंका लागेपछि प्रहरीलाई खबर गरेका थियौँ।’ 

घटनाका सम्बन्धमा थप हनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad