दैलेखको ठाटीकाँध गाउँपालिका-१, सिराडी ग्वालिपिन्नमाबाट गएराति तीन महिने एक शिशु बेपत्ता भएकी छन्।
गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बेपत्ता भएकी हुन्। उनलाई अज्ञात व्यक्तिले अपहरण गरेको हुनसक्ने आशंका अभिभावकले गरेका छन्।
खरमा लागेको आगो निभाएर लगत्तै घरमा आउँदा बच्चा नभएको अभिभावकको भनार्य छ। शिशु अपहरणको योजनाअनुसार नै कुनै समूहले खरमा आगो लगाएको र सबै आगो निभाउन गएको मौकामा बच्चा अपहरण भएको बुढाको दाबी छ।
घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए। राति नै प्रहरी त्यहाँ पुगेर खोजतलासी गर्दा केही पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख सुनिल दाहालले बताए।
उनका अनुसार प्रहरीले खोजतलासी जारी राखेको छ। अभिभावकले शिशुको खोजीका लागि सामाजिक सञ्जालदेखि प्रहरीमा पनि आग्रह गरेका छन्।
93
Shares

प्रतिक्रिया