समाज


भाग्दाभाग्दै पहिरो खस्दा १ कामदारको मृत्यु, ३ जना घाइते

भाग्दाभाग्दै पहिरो खस्दा १ कामदारको मृत्यु, ३ जना घाइते

फाइल तस्बिर


नेपालखबर
साउन २५, २०८२ आइतबार ७:२५, लमजुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको पहिरोले पुरिएर मृत्यु भएको छ।

शनिबार भएको घटनामा अन्य तीन जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार शनिबार दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्दै आएका ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो। 

पहिरोमा परेर दोर्दी गाउँपालिका–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–६ का २५ वर्षीय विकास विष्ट घाइते भएका छन्। 

घाइतेहरूको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ। 

आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो खसेको हो। अचानक पहिरो खस्दा भाग्ने क्रममा सो पहिरोमा परी एकको मृत्यु र तीन जना घाइते भएका हुन्। सो क्याम्पमा करिब ४० जना कामदार बस्दै आएका छन्। 

अन्य ३६ जना कामदार भने सकुशल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad