म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरो जाँदा एक जनाको मृत्यु भएको छ। घटनामा अर्का एक जना बेपत्ता भएका प्रहरीले जनाएकाे छ।
लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो। उनका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।
घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको स्थानीयले बताएका छन्।
बेपत्ता बालकको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन भएका छन्।
921
Shares

प्रतिक्रिया