समाज


बिपी वाटिकामा कभर्डहल निर्माण

बिपी वाटिकामा कभर्डहल निर्माण

नेपालखबर
फागुन २८, २०८१ बुधबार १२:२३, तनहुँ

तनहुँको व्यास नगरपालिका-३ स्थित बिपी वाटिकामा रु ९६ लाख ६३ हजार सात सय ४७ को लागतमा कभर्डहल निर्माण भएको छ। कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबले निर्माण गरेको हो।

कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले रु. ८७ लाख ८५ हजार दुई सय ३४ प्रदान गरेको थियो। जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण भएको हो।

क्लबले जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ। कभर्डहलको मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad