समाज


भारत गएर मिर्गौला प्रत्यारोपण गर्ने क्रममा पूर्वराज्यमन्त्री शर्माको निधन

भारत गएर मिर्गौला प्रत्यारोपण गर्ने क्रममा पूर्वराज्यमन्त्री शर्माको निधन

नेपालखबर
माघ ९, २०८१ बुधबार ६:५८, काठमाडौँ

पूर्वऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ। 

शर्माको मंगलबार दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

मिर्गौलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए। मिर्गौला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिए।

पुराना वामपन्थी शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील थिए। विसं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित शर्मा त्यही बेला राज्यमन्त्री थिए।

एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उनी गण्डकी प्रदेश अध्यक्षसमेत भएका थिए। हाल उनी कुनै पनि जिम्मेवारीमा थिएनन्। शर्माको शव आज साँझसम्म भारतबाट बागलुङ ल्याइने अध्यक्ष गौतमले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad