इजरायल रक्षा बलका प्रमुख हर्जी हालेवीले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
द जेरुसेलम पोस्टका अनुसार हर्जी हालेवीले आगामी मार्चमा इजरायल रक्षा बल प्रमुख पदबाट राजीनामा दिनेछन्।
उनले विज्ञप्तिमा ‘अक्टोबर ७ मा आईडीएफको असफलताको जिम्मेवारी लिँदै’ आफ्नो निर्णयबारे रक्षा मन्त्रालयलाई जानकारी गराएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘आईडीएफले महत्त्वपूर्ण सफलता हासिल गरेको र बन्धक रिहाइ कार्यान्वयन गर्ने सम्झौता प्रक्रियामा रहेका बेला मैले मार्च ६, २०२५ सम्ममा मेरो कर्तव्यबाट मुक्त हुन अनुरोध गरेको छु।’
543
Shares

प्रतिक्रिया