समाज


स्थानीय सरकारलाई शिक्षामन्त्री पुनको निर्देशन : बालकक्षाका शिक्षक-कर्मचारीलाई अन्याय नगर, थपेर तलब देऊ

स्थानीय सरकारलाई शिक्षामन्त्री पुनको निर्देशन :  बालकक्षाका शिक्षक-कर्मचारीलाई अन्याय नगर, थपेर तलब देऊ

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार ८:१२, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बालकक्षाका शिक्षकसहितका कर्मचारीको तलबका लागि मन्त्रालयबाट अनुदान रकम पठाइसकिएको जानकारी गराउँदै त्यसमा थपेर उनीहरूलाई पारिश्रमिक दिन स्थानीय सरकारहरूलाई निर्देशन दिएका छन्। 

उनका अनुसार शिक्षा मन्त्रालयले बालकक्षा शिक्षकका लागि १२०००,  विद्यालय सहयोगीका लागि १०००० र विद्यालय सहायक कर्मचारीका लागि १५००० का दरले तलब पठाइसकेको छ। बाँकी अपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नुपर्नेछ। 

अहिलेसम्म झन्डै ७०० वटा स्थानीय सरकारले थपेर न्यूनतम पारिश्रमिकअनुसार तलब दिएको जानकारी प्राप्त भएको शिक्षामन्त्री पुनले बताएका छन्। 

उनले मंगलबार बिहान भनेका छन्, ‘यो विषय न्यूनतम तलब नदिएका स्थानीय सरकारहरूको जिम्मेवारी भएको अवगत गराउँछु। बाल शिक्षकहरू र कर्मचारीहरूलाई अन्याय नगर्नुहोला। यस विषयमा ट्रेड युनियनका नेताहरू खोई जागेको?’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad