रुस-युक्रेन युद्ध अन्त्य गर्न जेनेभामा भएको वार्तापछि युक्रेन र अमेरिकाले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘अद्यावधिक शान्ति योजना’ उल्लेख गरिएको छ।
दुवै देशले त्यसलाई ‘अद्यावधिक र संशोधित दस्तावेज’ भनेका छन्।
आइतबार अमेरिका, जर्मनी, फ्रान्स, बेलायत र युक्रेनका प्रतिनिधिहरूबीच वार्ता भएको थियो।
यसअघि अमेरिकाले प्रस्ताव गरेको शान्ति योजना व्यापक रूपमा रुसपक्षीय मानिएको थियो।
फाइनान्सियल टाइम्स पत्रिकाले एक प्रतिनिधिलाई उद्धृत गर्दै भनेको छ, ‘नयाँ योजनामा समावेश १९ बुँदा प्रारम्भिक योजनाबाटै लिइएका हुन्।’
रोयटर्सका अनुसार नयाँ अद्यावधिक शान्ति योजनाबारे धरै जानकारी नभए पनि यसले पश्चिमी देशहरूले युक्रेनमा स्थायी रूपमा सेना तैनाथ गर्न नसक्ने बताउँछ, तर यो पूर्ण प्रतिबन्ध होइन।
नयाँ योजनाअनुसार, डोनबास क्षेत्र रुसलाई नि:शुल्क दिइने छैन र युक्रेनले आफ्नो कब्जा गरिएको क्षेत्र पुन: प्राप्त गर्न कूटनीतिक माध्यम अपनाउन सक्छ।
नयाँ शान्ति योजनामा युद्ध अपराधका लागि पूर्ण आममाफी पनि फिर्ता लिइएको छ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ भएको दाबी गरेका छन्।
Shares

प्रतिक्रिया