मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।
पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ महाननगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार पानीमा डुबेर अचेत भएका उनलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्य चौकीमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो। रासस
198
Shares

प्रतिक्रिया