गण्डकी


लमजुङमा घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको मृत्यु

लमजुङमा घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
जेठ १४, २०८२ बुधबार ९:५४, लमजुङ

लमजुङको सुन्दर बजार नगरपालिका-९ बुद्धटोलस्थित भरत थापाको घरमा आज बुधबार बिहान आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका-१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो।

आज बिहान करिब ३:३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उद्धार गरेका थिए।

तर जलेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बेँसीसहरस्थित प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad