समाज


भारतमा भीषण बाढीका कारण सयभन्दा बढीको मृत्यु

भारतमा भीषण बाढीका कारण सयभन्दा बढीको मृत्यु

नेपालखबर
असोज १३, २०७६ सोमबार ६:५९,

भारतको उत्तर प्रदेश र बिहार राज्यमा केही दिनयता जारी वर्षा र भीषण बाढीका कारण सयभन्दा बढी मानिसको मृत्यु भएको छ।

भारतीय संचारमाध्यमका अनुसार बिहीबार यता बाढीका कारण उत्तर प्रदेशमा मात्र ९३ जनाको मृत्यु भएको छ।

बिहारमा २९ जनाको मृत्यु भएको छ। बिहार राज्यको राजधानी पटनाका ८० प्रतिशत घरहरु डुबानमा परेका छन्।

बिहार

बीबीसीका अनुसार उत्तर प्रदेश र बिहारका रेल सेवा, यातायात, स्वास्थ्य सेवा, विद्यालय तथा विद्युत आपूर्तिको अवस्था निकै नाजुक बनेको छ।

पटनाका मानिसहरु सडकै डुंगा चढ्न बाध्य भएको बताइएको छ। बाढीको वितण्डाको भिडियो तथा फोटोहरु सार्वजनिक भएका छन्। त्यहाँको सडकमा पानीमा डुबेका सवारीसाधनहरू देखिएका छन्।

बिहार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad