राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बौद्ध शाखाको आयोजनामा नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शाखा कार्यालय बौद्ध परिसरमा सोमबार सम्पन्न भएको छ।
काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सांसद कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम भएको हो। उनले राजनीतिक परिवर्तनले मात्र जनताको जीवनस्तरमा परिवर्तन नहुने, त्यसको लागि उत्पादन तथा श्रमसंग नगरिकलाई जोड्नुपर्ने र त्यस कार्यमा नागरिकलाई बैंकहरुले सरल रुपमा कर्जा उपलब्ध गराउनुपर्ने बताए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना ब्यक्त गर्नुहुंदै रा.वा.बैंकको बेस रेट सबैभन्दा कम भएकोले सस्तो दरमा कर्जा उपलब्ध गराइरहेको बताए।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का प्रदेशसभा सांसद छिरिङ्ग लामा, बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशी, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, बौद्ध व्यापार संघका अध्यक्ष दीपक चौलागांई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
बैंकका ३ नम्बर प्रादेशिक कार्यलयकी प्रमुख सोनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटाले गरेका थिए।
कार्यक्रममा नेपाल प्रहरी बौद्धका प्रहरी नायब उपरीक्षक, स्थानीय व्यवसायीहरु, कर्मचारीहरु, समाजसेवीहरुको लगायतको उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया