समाज


अपहृत बालिकाको उद्धार, अपहरणकारी पक्राउ

अपहृत बालिकाको उद्धार, अपहरणकारी पक्राउ

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १५:५५,

भारतीय नागरिकबाट अपहरणमा परेकी पाँच वर्षीया बालिकाको रुपन्देही प्रहरीले आज सकुशल उद्धार गरेको छ। प्रहरीले बालिका अपहरण गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ।


रुपन्देहीको शिद्धार्थनगर नगरपालिका–८ मा मासु पसल सञ्चालन गर्दै आएका असफाक अहमद खानकी ५ वर्षीया छोरी घरको आँगनमा खेल्दै गरेको अवस्थामा आज बिहान अपहरणमा परेकी थिइन्।

प्रहरीले अपहृत बालिकाको रोहिणी–२ रोहिणी पुल नजिकको जङ्गलबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

अपहरणकारीले बालिकालाई जङ्गलमा मुख थुनी नियन्त्रणमा राखेको अवस्थामा प्रहरीले बालिकाको उद्धारसँगै अपहरणकारी भारत माहराजगञ्ज जिल्ला निच्ललग्राम मिठौराबजार घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका–७ कोटिहवामा डेरा गरी बस्दै आएका २३ वर्षीय पेन्टर मनिष निगमलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए। पक्राउ परेका निगममाथि थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad