यसबीचमा त्यहाँ गएको २४ घण्टामा ८८ दिनयताकै कम संक्रमण मापन गरिएको छ।
गएको २४ घण्टामा भारतमा ५३ हजार २५६ नयाँ संक्रमित बनेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोही अवधिमा त्यहाँ १४ सय २२ जनाको ज्यान गएको छ। यतिबेला भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २८ सय ८७ मा झरेको पनि बताइएको छ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ९९ लाख पुगेको छ भने ३ लाख ८८ हजारको मृत्यु भइसकेको छ।
प्रतिक्रिया