धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत ‘चिसो चिसो हावा चल्यो’ विश्व संगीत दिवसको अवसर पारी सार्वजनिक गरेका छन्।
आफ्नै युट्युब च्यानल मार्फत ‘लिरिकल भिडियो’ को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द (संगीत समेत रहेको छ।
जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो।
धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बसाईपछि बिगत ५ वर्षदेखि धरानमै आफ्नो व्यवसायसँगै फुर्सदको क्षणमा संगीतमासमेत समय दिने गर्दछन्। धरानमा हुने बिभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिईरहने गयाक मास्केले ‘चिसो चिसो’ बोलको गीत पनि धेरै पल्ट गाइसकेका छन्।
एक वर्षअघिको कोभिड महामारीमा केही गीतहरु सार्वजनिक गरेका गायक मास्केले एक वर्षपछि नया गीत सार्वजनिक गरेका हुन्।
यही गीतको छिट्टै म्युजिक भिडिओसमेत बनाउने तयारीमा छन् गायक रोहित मास्के।
प्रतिक्रिया