ad ad

समाज


बसपार्कको होटलमा एकजोडी मृत फेला

बसपार्कको होटलमा एकजोडी मृत फेला

नेपालखबर
भदौ ४, २०७६ बुधबार १३:४३,

काठमाडौंको नयाँ बसपार्कस्थित होटलमा एक जोडी मृत फेला परेका छन्।

मोरङ पर्वत गेष्टहाउसको कोठा नम्बर १११ मा चितवनका यमहादुर मगर (वर्ष ३७) र मकवानपुरकी सविना बजगाई (वर्ष ३०) मृत फेला परेका हुन्। महिला खाटमा र पुरूष भुईंमा लडेको अवस्थामा फेला परेका हुन्। दुबै जनाको शवकाे माथिल्लाे भाग नग्न अवस्थामा रहेकाे प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुबै विवाहित भएपनि श्रीमान श्रीमती हाेइनन्। 

महिलाको माइत काभ्रे तथा घर मकवानपुर भएको बताइएको छ। उनका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन्।उनी बालाजु बाइसधारामा खाजा पसल चलाएर बसेकी थिइन्। युवतीका परिवारका सदस्य प्रहरी सम्पर्कमा पुगेका छन्। युवाकाे फाेन लक हुँदा सम्पर्कमा समस्या भइरहेकाे प्रहरीले जनाएकाे छ। 

प्रहरीका अनुसार, उनीहरु मंगलबार राति ११ बजे होटलमा बसेका थिए। दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए।

कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन्। उनीहरुको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईले घटना आत्महत्या हाे वा हत्या पाेष्टमार्टम नगरी भन्न नसकिने बताए। उनले काेठामा भेटिएका खाना परिक्षणका लागि संकलन गरिएकाे बताए।

काेठामा दुबैले बाेमिट गरेकाे र खाना छरिएकाे अवस्थामा छ। उनले काेठामा भेटिएका खाना परिक्षणका लागि संकलन गरिएकाे बताए।प

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ। मृतकका आफन्त आएपछि शव पाेष्टमार्टम गरिने प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .