लगनखेलस्थित आर्मीको कभर्डहलमा बुधबार भएको समूहको अन्तिम खेलमा नेपाललाई ३–० को सोझो सेटमा पराजित गर्दै माल्दिभ्स भने सेमिफाइनलमा पुगेको छ।
माल्दिभ्सविरुद्ध जित्नैपर्ने खेलमा नेपाल पहिलो सेटमा २२–२५, दोस्रो सेट २१–२५ र तेस्रो सेट १४–२५ ले गुमायो।
नेपाल महिलो खेलमा किर्गिस्तानसँग पनि सोमबार ३–० को सोझो सेटमा पराजित भएको थियो। नेपालले प्रतियोगितामा कम्तिमा फाइनलसम्म पुग्ने लक्ष्य लिएपनि समूह चरणबाटै बाहिरिएको हो।
प्रतिक्रिया