नेकपा (एमाले)का नेता ईश्वर पोखरेलकी पत्नी मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ।
शनिबार पोखरेल सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन्। उनका अनुसार, धेजुको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ।
ध्वोजु पनि राजनीतिकर्मी हुन्। उनी संविधान सभा सदस्य भएकी थिइन्।
उनको उपचार जारी रहेको पोखरेलले जनाएका छन्। क्यान्सरका विषयमा भने केही खुलाएका छैनन्।
पोखरेलले आफू पनि उपचारमा खटिनु परेकाले केही समय राजनीतिक गतिविधिमा प्रत्यक्ष जोडिन नसक्ने बताएका छन्। उनले स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।
‘यस अवधिमा मिराजीप्रति स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्नुहुने र प्रतिकूलतामा पनि प्रत्यक्ष भेट्न आउनुहुने साथीहरू तथा आफन्तजनप्रति हार्दिक आभार व्यक्त गर्दछु’ पोखरेलले भनेका छन्, ‘तपाईंहरूको सद्भावपूर्ण र सहयोगी भावनाले हामीले हौसला प्राप्त गरिरहेका छौँ।’
Shares

प्रतिक्रिया