काठमाडौं सिनामंगलकी ९३ वर्षीया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छन्।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत वैशाख २४ गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन्।
२४ दिनपछि हिजो आइतबार परीक्षण गर्दा उनको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमबार घर फर्किएकी हुन्।
कोरोना संक्रमणका कारण आफूलाई कुनै ठूलो समस्या नदेखिएको उनले बताइन्।
‘यहाँ आएदेखि केही भएको छैन। खाने, बस्ने, सुत्ने। डाक्टरले सोधिबक्सिन्छ, जहिल्यै नि राम्रो छ। दुख्ने, पोल्ने घटीबढी केही छैन’ उनले भनिन्, ‘९३ वर्षको मान्छेलाई के को डर? कोरोना भन्छन्, के भन्छन्। म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु। खोई?’
युथ फर नेशनले कोरोना संक्रमितलाई चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ। हाल सो आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेशनका संयोजक लेनिन बिष्टले बताए।
Shares

प्रतिक्रिया