समाज


१५० सिलिन्डर तरल अक्सिजन ल्हासाबाट नेपाल प्रस्थान, ६ हजार सिलिन्डर भर्न पुग्ने

१५० सिलिन्डर तरल अक्सिजन ल्हासाबाट नेपाल प्रस्थान, ६ हजार सिलिन्डर भर्न पुग्ने

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ७:२३,

तिब्बत सरकारको सहयोगमा १५० सिलिन्डर लिक्विड (तरल) अक्सिजन (३० एमटी) ल्हासाबाट नेपाल प्रस्थान गरेको छ।

चीनको ल्हासाको लागि नेपाली महावाणिज्य दूतावासले जनाएअनुसार यसबाट ४० किलो क्षमताका करिब ६ हजार सिलिन्डर भर्न सकिनेछ।

यसबाहेक तिब्बत सरकारले २०० थान आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर पनि नेपाललाई सहयोग दिने भएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ याञ्छीले यसबारे जानकारी दिइसकेकी छिन्।

ल्हासाका लागि नेपाली महावाणिज्य दूत नवराज ढकालले तिब्बत सरकारले स्थलमार्गबाट नेपाल जाने कोभिडसम्बन्धी कार्गो विना रोकावट नेपाल पठाउने हरसम्भव प्रयास गर्ने वचन दिएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

china aid oxy2021b

उनका अनुसार महावाणिज्य दूतावासले कार्गो मुभमेन्टको निरन्तर ट्रयाकिङ गरिरहेको छ। आफूले पनि तिब्बत सरकारका सम्बन्धित पदाधिकारीसँग सघन सम्पर्कमा रहेको ढकालले बताएका छन्।

त्यस्तै, शान शीको एक कम्पनीले ३० वटा अक्सिजन कन्सन्ट्रेटर नेपाललाई सहयोग गरेको छ। सिल्क ट्रान्सपोर्टले ल्हासाबाट काठमाडौंसम्म निःशुल्क ढुवानी गरी सहयोग गरेको छ। यी सामान भोलि ल्हासाबाट हिँडाउने ढकालले बताएका छन्।

china aid oxy2021c

त्यस्तै गुडविल फाउन्डेसन तिब्बतले आगामी हप्ता ५० वटा अक्सिजन कन्सन्ट्ेटर दिन आवश्यक तयारी गरेको महावाणिज्य दूतावासलाई जानकारी गराएको छ।

नेपालका निजी क्षेत्रबाट कोभिडसम्बन्धी स्वास्थ्य सामग्री बोकेका २२ वटा गाडी पनि तातोपानी भन्सार पुग्ने चरणमा छन्। अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटरलगायत करिब १५ गाडी सामान खासा पुगिसकेका छन् भने केही सामान काठमाडौं आइपुगेको छ।

china aid oxy2021d

एभरेष्ट ग्यासको ४५ सय खाली सिलिन्डर यही साता तिब्बत पुग्ने जानकारी आएको भन्दै महावाणिज्य दूतावासले चाँडै काठमाडौं पठाउन समन्वय भएको जनाएको छ। अन्य सामान पनि आइरहेको ढकालले उल्लेख गरेका छन्।

ल्हासा सिटीले पनि चारवटा भेन्टिलेटर सहयोग गरेको छ र अन्य सिटी र एसोसिएसनसँग पनि समन्वय भइरहेको महावाणिज्य दूत ढकालको भनाइ छ।

china aid oxy2021e

उनले सहयोग जुटाउन र अन्य समन्वय कार्यको लागि चीनको तिब्बत सरकारसँग महावाणिज्य दूतावास निरन्तर सम्पर्कमा रहेको जनाउँदै तिब्बत सरकार र अन्य सहयोगीप्रति धन्यवाद व्यक्त गरेका छन्।

china aid oxy2021f

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad