समाज


दुई हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १०५१

दुई हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १०५१

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ११:४,

नेपालमा पछिल्लो २४ घण्टामा २३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

८ हजार ८४४ पीसीआर परीक्षणका क्रममा २२ सय २० जनामा संक्रमण पुष्टि भएको छ भने ८०३ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ।

आज १८० जनाको आईसीयूमा उपचार भइरहेकोमा ४८ जना भेन्टिलेटरमा रहेका डा. गौतमले जानकारी दिए।

यस्तै, आज कोरोना संक्रमणमुक्त भएर २८७ जना डिस्चार्ज भएका छन्।

आज उपत्यकामा काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ गरी १०५१ जना संक्रमित थपिएका डा. गौतमले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad