ad ad

कारोबार


बिर्तामोडमा शिवम् हाउजिङका सुविधासम्पन्न कोलोनी, साढे ४ करोडसम्मका घर

बिर्तामोडमा शिवम् हाउजिङका सुविधासम्पन्न कोलोनी, साढे ४ करोडसम्मका घर

वसन्त अर्याल
बैशाख ८, २०७८ बुधबार ११:२,

पछिल्लो समय काठमाडौंबाहिर हाउजिङ व्यवसाय फस्टाउँदै गर्दा झापाको बिर्तामोडमा शिवम् हाउजिङ प्रालिले व्यवस्थित बसोबासमा करिब २ अर्ब रुपैयाँ लगानी गर्दै छ।

व्यवसायी मनोज प्रसाईंसहितको टोलीले सुगम र हरिहर कोलोनी निर्माणमा सो रकम खर्च गर्न लागेको हो।

दुईमध्ये २९ वटा घर रहेको सुगम कोलोनीको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ। यसमा एउटा सामुदायिक भवनसमेत समावेश छ।

सुगम कोलोनीबाट सुरु गरेको शिवमले सँगसँगै अरु परियोजना पनि अघि सारेको छ। कम्पनीले हरिहर कोलोनी पनि निर्माण गर्दै छ।

sugam 11
सुगम काेलाेनीमा बन्ने घरकाे डिजाइन। 

यसका साथै झापामा नयाँ हाउजिङ तथा कम्प्लेक्स निर्माण गर्ने कम्पनीको योजना छ।

कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप प्रसाईंका अनुसार सुगम कोलोनीमा ८० प्रतिशत घर बुकिङ भइसकेको छ भने बाँकी ५० प्रतिशत निर्माणको काम जारी छ।

सुगम कोलोनीमा ३० वटा युनिट रहेको उनले जानकारी दिए।

प्रसाईंले नेपालखबरसँग भने, ‘यसमा एउटा सामुदायिक भवन हुनेछ, २९ वटाचाहिँ व्यक्तिगत घर हुनेछन्।’

हालसम्म सुगममा २५ वटा घर बनिसकेको उनले बताए। बाँकी घर निर्माणको काम भइरहेको छ।

sugam colony birtamod
सुगम काेलाेनीकाे डिजाइन।

छेवैमा पूर्वपश्चिम राजमार्ग
पूर्वपश्चिम राजमार्गको १.८ किलोमिटरको दूरीमा रहेको सुगम कोलोनी बिर्तामोडको हर्कलाल मार्गमा छ। जहाँ साढे २ तलाका घर बन्नेछन्। एउटा घर १५.२५ धूर क्षेत्रफलमा हुनेछ।

समग्र कोलोनी भने १ बिघा १५ कठ्ठा ६ धूरमा बन्नलागेको कम्पनीले जनाएको छ। यसभित्र फुटपाथसहितको ३५ फिट चौडाइको सडक हुनेछ। विद्युत्, टेलिफोन, इन्टरनेटको ‘अन्डर ग्राउन्ड’ व्यवस्थापन गरिनेछ।

सुगम कोलोनीमा खुल्ला हरियाली क्षेत्र, पर्याप्त खानेपानी सुविधा, सीसीटीभी सर्भिलेन्स, भूकम्प प्रतिरोधी घर र ढलको राम्रो व्यवस्थापन हुने कम्पनीको दाबी छ।

यसभित्र बच्चा र ठूला मानिसको लागि स्विमिङ पुल, फिटनेस सेन्टर, लाइब्रेरी, कम्युनिटी अफिसलगायतको सुविधा रहनेछन्।

कोलोनी परिसरमा रनिङ ट्रयाक, चिल्ड्रेन पार्क, ड्राई फाउन्टेन, गार्डेनसहितका सामुदायिक जमघट स्थल बन्नेछन्।

sugam 12
सुगम काेलाेनी

कोलोनीमा एकै किसिमका घर निर्माण भएका छन्। घरको मूल्य २ करोड ६० लाख रुपैयाँ रहेको निर्माता शिवम् हाउजिङले जनाएको छ।

‘झापामा हाउजिङप्रति मानिसको धारणा सकारात्मक नै छ’, म्यानेजिङ डाइरेक्टर प्रसाईंले थपे, ‘कोभिडको कारण केही समय बुकिङ घटे पनि अहिले राम्रै छ।’

उनले झापामा थप परियोजनाको निर्माणको विषयमा छलफल अघि बढेको बताए।

६६ घरसहितको हरिहर कोलोनी
यता सोही कम्पनीले बिर्तामोडमै ६६ घरसहितको हरिहर कोलोनी पनि बनाउँदै छ। यो कोलोनीमा बन्ने ३० प्रतिशत घर बुकिङ भएसँगै अहिले निर्माणकार्य सुरु भएको छ।

बिर्तामोड ६ स्थित बुट्टाबारीमा यो कोलोनी बन्नलागेको हो। यसमा ६६ वटा युनिट छ भने कोलोनीभित्र फरक–फरक आकार र डिजाइनका घर बन्नेछन्।

‘हरिहर कोलोनीमा सानो परिवार बस्न मिल्ने, ठूलो परिवार बस्न मिल्ने, सानो र ठूलो क्षेत्रफलको आधारमा घर निर्माण भइरहेको छ’, प्रसाईंले भने।

harihar colony2021
हरिहर काेलाेनीकाे डिजाइन। 

कम्पनीले कोलोनीमा ३ प्रकारका घर निर्माण गर्ने जनाएको छ। आफूअनुकूल बनाउन सकिने १ कठ्ठा क्षेत्रफलको, मध्यम परिवारको लागि साढे दुई तल्लाको र सानो परिवारको लागि २ तलाको घर निर्माण हुनेछ।

हरिहरमा ६६ वटा घरमध्ये २५ वटा घरको संरचना निर्माणको काम भइरहेको छ।

यसमा पनि फुटपाथसहितका फराकिला सडक, कम्युनिटी हल, स्विमिङ पुल, फिटनेस सेन्टर र सामुदायिक कार्यालय रहनेछ।

भूकम्प प्रतिरोधी हरेक घरमा पार्किङ क्षेत्र हुनेछ भने अन्डरग्राउन्ड केवलिङ र राम्रो ढल व्यवस्थापन गरिने कम्पनीको भनाइ छ।

हरिहर कोलोनीमा घरको सुरुवाती मूल्य १ करोड २० लाख रुपैयाँ पर्नेछ भने फराकिलो र सुविधासम्पन्न घरको मूल्य साढे ४ करोड रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।

यो पनि –
१. मोफसलमा आक्रामक रुपमा बन्दै छन् हाउजिङ र अपार्टमेन्ट
२. ५५ रोपनी जग्गामा चाँगुनारायणमा बन्दै अपार्टमेन्टसहितको निलवाराही हाउजिङ
३. बौद्धमा ५४ युनिटको हाउजिङ निर्माण गर्दै सिभिल होम्स, घरको सुरुवाती मूल्य १ करोड ८५ लाख
४. रुपन्देहीमा ४ अर्ब लगानीमा लुम्बिनी प्रदेशकै ठूलो हाउजिङ बन्दै
५. सातदोबाटोमा बन्दै युरोपेली शैलीको हाउजिङ : सिलिन्डरको विकल्प पाइपलाइनबाट ग्यास, घरकाे मूल्य कति?
६. तारे होटल, अपार्टमेन्ट र हाउजिङको ‘फ्युजन’ : द हब लुम्बिनी
७. पनौतीमा चौधरी ग्रुपको २२० घरसहितको सीजी भिलेजः एउटा घरको मूल्य १ करोड ७३ लाख

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .