समाज


अफगानिस्तानमा सरकारी सेनाको गोली प्रहारबाट २७ लडाकुको मृत्यु

अफगानिस्तानमा सरकारी सेनाको गोली प्रहारबाट २७ लडाकुको मृत्यु

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ०:३५,

अफगानिस्तानको जाबुल प्रान्तमा भएको सरकारी सुरक्षा कारबाहीमा परी कम्तीमा २७ जना विद्रोही लडाकु मारिएका छन्। पछिल्लो २४ घण्टामा सेनाको कारबाहीमा २७ लडाकुको मृत्यु भएको हो।

सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरु १८ लडाकू घाइते पनि भएका छन्।

लडाकुहरूले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरू समेत सुरक्षाकर्मीले नष्ट पारिदिएका छन्। सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने सेनाको वक्तव्यमा खुलाइएको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad